०४ साउन २०८३, सोमबार

थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए, छोरी बबरमहलबाट पक्राउ

जेठ ८, २०८१
काठमाडौं
थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए, छोरी बबरमहलबाट पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा १ जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका–७,​ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी हुन् ।​

नगरकोटीको शव मंगलबार बिहान कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा फेला पारेको छ ।

यस्तै प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार घटना रहस्यमय देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतकका छोरा घाइते अवस्थामा भेटिनुले थप आशंका बढाएको उनको भनाइ छ ।

मंगलबार बिहान थलीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्