
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेबमोजिम प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डको अचल सम्पत्ति स्व श्रीमती सीता दाहालको नाममा रहेको पाइएको छ ।
जसअनुसार चितवनको भरतपुर महानगरपालिका १४ मा पार्किङसहित १४ कठ्ठा जग्गा रहेको पाइएको छ । यो पैत्रिक सम्पत्ति रहेको उल्लेख छ । यस्तै भरतपुर १२ मा १ कठ्ठा जग्गा रहेको र यो अंशबाट प्राप्त गरेको जनाइएको छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन र एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ रकम रहेको जनाइएको छ । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।
विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारीसाधन रहेको उल्लेख छैन । यसैगरी उनले कुनै शेयर कारोबार गरेको विवरणमा छैन ।
हेरौं विवरणः