२२ जेठ २०८३, शुक्रबार

श्रीमतीले असाध्यै किचकिच गरेको भन्दै घरबाट भागे यी पुरुष, जंगलमा बिताए दश वर्ष

कात्तिक २०, २०७४
श्रीमतीले असाध्यै किचकिच गरेको भन्दै घरबाट भागे यी पुरुष, जंगलमा बिताए दश वर्ष

काठमाडौं, १ कात्तिक — एकजना बेलायती पुरुष श्रीमतीले असाध्यै किचकिच गरेको भन्दै घरबाट भागेर जंगलमा १० वर्ष बिताएका छन् ।


बर्मिङघमका माल्कम एप्पलगेटले इम्माउस ग्रीनविच वेबसाइटमा एउटा ब्लग लेखेर आफ्नो विगत र वर्तमानका बारेमा खुलस्त जानकारी दिए । इम्माउस ‘घरविहीन व्यक्तिलाई परोपकार’ गर्न र ‘आवश्यकता भएको मानिसलाई घर दिन तथा अर्थपूर्ण काम गर्न खोलिएको उसको वेबसाइटमा उल्लेख छ ।

एप्पलगेटले आफू २५ वर्षसम्म बगैंचे रहेको र आफ्नो कामलाई आनन्द लिने गरेको उल्लेख गरे । त्यसपछि उनले बिहे गरे । जति बढी उनी काम गर्थे, त्यति उनकी श्रीमती रिसाउँथिन् ।

श्रीमतीलाई सम्झाइबुझाइ गर्न खोजेपनि नसकेपछि उनी केही नभनी घरबाट निस्किए अनि दश वर्ष हराए ।

ती बगैंचेले आफू किङस्टननजिकको जंगलमा पाँच वर्षसम्म बसेको र पछि चाहिँ वृद्धवृद्धालाई स्याहार गर्ने केन्द्रमा बगैंचा सम्हालेको बताए । एकजना साथीले भनेपछि एप्पलगेटले इम्माउस ग्रीनविचमा बस्नका लागि निवेदन दिने निर्णय गरे ।

एप्पलगेटले आफू नयाँ घरमा खुशी रहेको र हालै आफ्नै बहिनीसँग सम्पर्क गरेको बताए । बहिनीले दाजु मरिसकेको भन्ठानेकी थिइन् ।

नाम नखुलाइएकी पत्नीले श्रीमानको नयाँ जीवनमाथि अहिलेसम्म टिप्पणी नगरेको बताइएको छ ।

‘उनी म लामो समय घरबाहिर बसेको मन पराउँदिनथिइन् । उनको नियन्त्रणात्मक व्यवहार हदभन्दा अघि बढिसकेको थियो र उनले मलाई कामको अवधि घटाउन भनेकी थिइन्,’ एप्पलगेटले लेखे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्