२८ जेठ २०८३, बिहीबार

श्रीलङ्कामा हुरीका कारण ७ जनाको मृत्यु, ५०० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

जेठ १३, २०८१
काठमाडौं
श्रीलङ्कामा हुरीका कारण ७ जनाको मृत्यु, ५०० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

कोलम्बो– श्रीलङ्कामा शनिबार चलेको हावाहुरीले रुखहरू ढल्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । 

हुरीसँगै शनिबार साँझ आएको बर्षा कारण सम्भावित डुवान र बाढीलाई मध्यनजर गर्दै कम्तीमा ५०० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०का निर्देशक प्रदीप कोडिपिलीले जानकारी दिए । 

केन्द्रका निर्देशक कोडिपिलीले प्रतिकूल मौसमका कारण मुलुकभर ४२ हजार ६०४ जना प्रभावित भएको सञ्चारमाध्यमलाई बताए । 

हुरीका कारण ढलेका रुख र भाँचिएका रुखका हाँगाले लागेर कम्तीमा सात जनाको मृत्यु भएको र तीन हजार १३७ घरमा क्षति पुगेको उनले बताए ।

श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी दिनमा देशका केही भागमा वर्षा जारी रहने जनाएको छ ।

पश्चिमी, सबारागामुवा, मध्य, उत्तर–पश्चिम र दक्षिणी प्रान्तका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुनेछ । सबारागामुवा प्रान्त र नुवारा–इलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्