२३ जेठ २०८३, शनिबार

विपक्षीको हो–हल्लाबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

जेठ १३, २०८१
काठमाडौं
विपक्षीको हो–हल्लाबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

विपक्षी दलका सांसदहरूको हो–हल्लाबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको असहमतिका बाबजुद सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् । 

आइतबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले संशोधनकर्ता सांसदलाई बोल्न दिए । यी सबै गतिविधि हुँदै गर्दा पनि प्रतिपक्षीको हो–हल्ला कम भएन । 

यसैबीच सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम पारित गरेको घोषणा गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्