३० जेठ २०८३, शनिबार

मार्सल आर्ट महासंघको तेस्रो अधिवेशन सम्पन्न, क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

जेठ १३, २०८१
काठमाडौं
मार्सल आर्ट महासंघको तेस्रो अधिवेशन सम्पन्न, क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेसमा शुक्रबार सम्पन्न तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति गठनका लागि १३ वटा राष्ट्रिय संघ, महासंघमा आबद्ध ४ वटा प्रादेशिक संघ र ६ वटा अन्य संघसंस्थाको सहभागिता रहेको थियो ।

महासंघको तेस्रो अधिवेशनले सुदीप पण्डित क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कार्यसमितिमा ३ पदाधिकारी र ७ सदस्य गरी १० जना सर्वसम्मत निर्विरोध चयन भएका छन् । साथै क्षेत्रीको अध्यक्षतामा अन्य पदाधिकारीहरू पनि सर्वसम्मत चुनिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी निर्वाचित भए भने उपाध्यक्षहरूमा अञ्जु रावत, एनिप महर्जन, केशव डंगोल, होमबहादुर सुनुवार र राजेन्द्र लामा निर्वाचित भए ।

null

त्यसै गरी, महासचिवमा रुपसिंह तामाङ र सचिवद्वयमा कृष्णगोपाल राजथला र आशिष कार्की चयन भएका छन् ।

तुलसी थापामगर कोषाध्यक्षमा निर्वाचित भइन् भने सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर, सीताराम दराई, तेजबहादुर सिंह, बाबुराम तामाङ, धनराज तामाङ, सपुत मोक्तान, सुशान पुन, नहकुल राई, राजन पन्थ छनोट भए ।

महासंघको नयाँ कार्यसमितिमा  २३ जना पदाधिकारी रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल थिए ।

यस्तै, अतिथिहरू राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमला, महासंघका संस्थापक उपाध्यक्ष तथा पूर्व राखेप सदस्य निरण खड्का, संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीका साथै आबद्ध संघका अध्यक्षहरू थिए ।

salt training

कमेन्ट गर्नुहोस्