×

मार्सल आर्ट महासंघको तेस्रो अधिवेशन सम्पन्न, क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडाैं | जेठ १३, २०८१

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेसमा शुक्रबार सम्पन्न तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति गठनका लागि १३ वटा राष्ट्रिय संघ, महासंघमा आबद्ध ४ वटा प्रादेशिक संघ र ६ वटा अन्य संघसंस्थाको सहभागिता रहेको थियो ।


Advertisment

महासंघको तेस्रो अधिवेशनले सुदीप पण्डित क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।


Advertisment

कार्यसमितिमा ३ पदाधिकारी र ७ सदस्य गरी १० जना सर्वसम्मत निर्विरोध चयन भएका छन् । साथै क्षेत्रीको अध्यक्षतामा अन्य पदाधिकारीहरू पनि सर्वसम्मत चुनिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी निर्वाचित भए भने उपाध्यक्षहरूमा अञ्जु रावत, एनिप महर्जन, केशव डंगोल, होमबहादुर सुनुवार र राजेन्द्र लामा निर्वाचित भए ।

null

त्यसै गरी, महासचिवमा रुपसिंह तामाङ र सचिवद्वयमा कृष्णगोपाल राजथला र आशिष कार्की चयन भएका छन् ।

तुलसी थापामगर कोषाध्यक्षमा निर्वाचित भइन् भने सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर, सीताराम दराई, तेजबहादुर सिंह, बाबुराम तामाङ, धनराज तामाङ, सपुत मोक्तान, सुशान पुन, नहकुल राई, राजन पन्थ छनोट भए ।

महासंघको नयाँ कार्यसमितिमा  २३ जना पदाधिकारी रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल थिए ।

यस्तै, अतिथिहरू राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमला, महासंघका संस्थापक उपाध्यक्ष तथा पूर्व राखेप सदस्य निरण खड्का, संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीका साथै आबद्ध संघका अध्यक्षहरू थिए ।

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x