×

NIC ASIA

सहकारी ठगीमा संसदीय छानबिनको माग

सडकबाट कांग्रेसको सन्देश– प्रचण्डप्रति ‘विनम्र’, ओलीप्रति आक्रामक !

काठमाडाैं | जेठ १३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

सहकारी ठगी प्रकरणमा विवादित बनेका गृहमन्त्री रवि लामिछानेलाई बचाउन भूमिका खेल्ने सरकारी रवैयाविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति भने उसको केही आग्रह वा अपेक्षा झल्किन्छ ।

सहकारी प्रकरणमा संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि सदनमा आवाज उठाए पनि बेवास्ता गरिएपछि कांग्रेस सडकमा ओर्लिएको हो । सरकारको समग्र रवैयाप्रति आक्रामकता देखाए पनि कांग्रेस प्रधानमन्त्री प्रचण्डप्रति भने विनम्र देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिले प्रदर्शनीमार्गमा गरेको विरोध प्रदर्शन र सभाका प्रमुख वक्ता विश्वप्रकाश शर्माको भाषणले पनि यही पुष्टि गर्छ । 


Advertisment
Rupse Holidays
Nabil box

‘संसद्मा सरकारको भूमिका बलजफ्ती भयो । प्रमले विश्वासको मत लिन पाउनुहुन्छ, तर विश्वासको मत लिनका लागि उहाँहरूले कस्तो रवैया अपनाउनुभयो, त्यो छर्लङ्गै छ,’ शर्माले भने, ‘सहकारीको अर्बौं रुपैयाँ अपचलनमा गृहमन्त्रीको संलग्नता छ, छानबिन गरौं भनेर हामीले आग्रह गर्दै आयौं, तर हामीलाई पेल्ने नीति लिइयो । यसैले प्रधानमन्त्रीलाई विनम्रता पढाउन र संयम बुझाउन सडकमा आउनुपरेको हो ।’ 

Vianet communication

null

भाषणका क्रममा प्रधानमन्त्री प्रचण्डप्रति नरम देखिँदै गर्दा शर्मा प्रमुख सत्ता सहयोगी एमालेका अध्यक्ष ओलीप्रति भने आक्रामक देखिए । शर्माले आवरणमा देखिने पात्र रवि भए पनि यसका नाइके ओली नै भएको भनेर आरोप लगाए । 

‘सहकारी ठगीको छानबिन समितिका लागि हामीले संसदीय समिति भनिरहेका छौं, तर समिति चाहिँदैन भनेर मेरो जिल्लाकै कमरेड केपी ओली बोल्नुभयो । रास्वपासँग भएको गणितले सत्ता टिकाउने भएकाले रवि दोषी र दण्डित देखिने हुँदा पनि उहाँ चुपचाप बस्ने मनस्थितिमा हुनुहुन्छ,’ शर्माले भने, ‘सहकारी प्रकरणमा रवि देखिएका पात्र हुन् । तर, यस्तो ठगीमा नदेखिएका धेरै एमालेका साथीलाई ओली जोगाउन चाहनुहुन्छ ।’

एमालेका धेरै नेताले यो कुरा विस्तारै बुझ्दै जाने दाबी पनि उनले गरे । झापाका ओलीलाई आफूले जति भक्तपुरका रवि लामिछानेले नबुझेको उनको भनाइ थियो ।

यतिखेर स्वार्थ मिलेकैले ओली र रवि एकअर्काको बचाउमा उत्रिएको टिप्पणी शर्माले गरे ।

‘सहकारीमा ओलीले रविलाई बचाउन र गिरीबन्धुमा रविले ओलीलाई बचाउन खोजेका छन्,’ शर्माले भने, ‘ओलीको (निवास रहेको) बालकोटनजिकै लोकन्थलीमा बस्ने महालक्ष्मी मैनालीले इँटा बोकेर जम्मा गरेको २ लाख रुपैयाँ सहकारीमा डुबेको छ । उहाँलाई न्याय दिने कि नदिने ?’

ओलीप्रति आक्रामक हुँदै गर्दा शर्माले प्रधानमन्त्री रेशमी पिँजडामा रहेको बताए ।

null‘प्रधानमन्त्री हुनुहुन्छ, जिम्मेवारी शानदार त छ, तर मलाई लाग्छ प्रधानमन्त्री पद शानदार होइन, दमदार पद हो,’ शर्माले भने, ‘दमदार होइन, रेशमी पिँजडाभित्र बसिरहेको अनुभूति आज गरिरहेको छु ।’

आरोप लगाउने तर, गलत कदमको साक्षी बन्ने प्रचण्डको शैलीको शर्माले आलोचना गरेका छन् । प्रचण्डलाई सरकारमा बहुमतको जोखिम र कार्ड देखाएर ओलीले गलत कामका लागि प्रयोग गरिरहेको सन्देश शर्माको थियो । कांग्रेस आफ्नो पार्टीका सबै नेतामाथि जुनसुकै विषयमा छानबिन गर्न तयार रहेको शर्माले बताए । 

‘सबैलाई छानबिन गर्न हामी तयार छौं । २०४६ सालपछि सरकारमा पुगेका प्रत्येकमाथि छानिबन गर्न तयार छौं भनेर संसद्मा प्रस्ताव दर्ता गरेका छौं । प्रधानमन्त्रीजी अधिकारसम्पन्न आयोग बनाउनुस्,’ शर्माले भने, ‘कांग्रेस ४६ सालयताका सबै विषयमा छनबिन गर्न तयार छ । कांग्रेसका सभापति, महामन्त्री कोमाथि छानबिन गर्ने, दाजुमाथि कि भाउजूमाथि ? पदाधिकारी कि पूर्व पदाधिकारी ? मामा कि माइजू ? कोमाथि छानबिन गर्ने ? नाम, गोत्र, ठेगाना, वजन, माइती, ससुराली सबै लेख्नुस्, हातका शंख र चक्र पनि लेख्नुस् । गडबड गर्ने जेल जान्छ, जसले गल्ती गर्छ, उही जेल जान्छ ।’

गृहमन्त्री लामिछाने र उनको पार्टीले भावुक कुरा गरेर सहकारी ठगीमा उन्मुक्ति पाउने बहाना खोजेको शर्मले बताए । ‘हामी त कमजोरीलाई स्वीकारेर अगाडि बढ्छौं । कसलाई कहाँ मन लाग्छ, छानबिन समिति बनाए हुन्छ । अन्तर्राष्ट्रिय समिति बनाए पनि हुन्छ भन्ने अनि नाम लेख्ने बेलामा हुन्न भन्ने ? गृहमन्त्री, राजनीति मात्रै होइन, देशै छाड्छु भनेर भावुक कुरा गर्ने अनि नागरिकलाई भड्काउने ? ओहो ! रवि दाइ भन्न बाध्य बनाउने ?’ शर्माले भने, ‘सहकारीमा ठगी भएको छैन भने माला लगाउन हामी नै आउँला । तर, एकपटक निष्पक्ष, इमान्दार र गहिरो छानबिन समितिका लागि तयार हुनुस् ।’

सीआईबीले छानबिन गर्दागर्दै रविलाई गृहमन्त्री बनाइएपछि छानबिनको विषय दराजमा थन्किएको उनले बताए । प्रमाण नष्ट गर्ने ठाउँमा बसेकाले गृहमन्त्रीविरुद्ध छानबिन समिति गठन अपरिहार्य भएको समेत शर्माको भनाइ थियो । उनले दोहोरो मापदण्ड देखाएर महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्थाजस्तो देखिएको आरोप पनि लगाए । 

null

‘महान्यायाधिवक्तको कार्यालय सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्दैन भन्छ, दुईवटा पासपोर्ट भए पनि छानबिन गर्नुपर्दैन ?,’ शर्माले भने, ‘तर छानबिनलाई सघाउन तयार छु भन्ने कैलाश सिरोहियालाई पक्राउ गर्छ, उस्तै मुद्दामा रवि सरकारमा छन्, तर कैलाश कारागारमा हुनुपर्ने ? जनकपुरमा कैलाशको मुद्दा चल्दै गर्दा गृहमन्त्रीको पासपोर्टमाथि किन छानबिन हुँदैन ?’ 

कांग्रेसको निशानामा सभामुख देवराज घिमिरे पनि छन्, किनकि एमालेकै ‘रिमोर्ट कन्ट्रोल’ भएर काम गरेको आरोप कांग्रेसको छ । सहकारी प्रकरणबारे संसदीय छानबिन समितिको माग गर्दा ओलीकै इशारामा सभामुखले दपेटेको समेत शर्माले बताए ।

‘सभामुखबाट पदीय गरिमा र मर्यादा पालना भएको छैन,’ शर्माले भने, ‘उहाँ रिमोर्ट कन्ट्रोलबाट मुक्त हुनुपर्छ ।’ सरकार अनुदार व्यवहार छाडेर सच्चिनुपर्ने तथा प्रधानमन्त्री पनि प्रतिपक्षीलाई आरोप लगाउन र सहकारी प्रकरणमा गठबन्धनको छायाँ बन्नबाट मुक्त हुनुपर्ने शर्माले बताए ।

यता, प्रधानमन्त्री प्रचण्डले सरकरको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेससँग सहमति भएर १५ गते बजेट आउने बताएका छन् । 

संसदीय छानबिन समिति गठनको विषयमा छलफल भइरहेकाले निकास निस्कने दाबी उनले गरेका थिए । तर, कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न भएका संस्था, ती संस्थामा ल्याइएको रकमबारे मसिनो गरी छानबिन गर्ने विषयलाई ‘बटमलाइन’ बनाएको छ । 

आइतबार एमाले अध्यक्ष ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने तय भएको थियो । तर, प्रधानमन्त्री एक्लै देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए । कांग्रेसप्रति आक्रामक भएका ओली नजानु र प्रचण्ड देउवाकै निवासमा पुग्नुमा पनि केही राजनीतिक सन्देश लुकेको हुन सक्ने टिप्पणी नेताहरू गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x