×

NIC ASIA

महालेखाको प्रतिवेदन

स्थानीय तहमा अर्बौँको अनियमितता

पदाधिकारीले आफूखुसी चाडपर्व खर्च लिनेदेखि मोबाइल, ल्यापटप, इन्धन मर्मतसम्ममा अनियमितता

काठमाडाैं | जेठ १३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

आर्थिक वर्ष २०७९/८० मा ७ स्थानीय तहले कानुनमा व्यवस्था नभएको चाडपर्व खर्च भनेर १२ लाख ६६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा १७ स्थानीय तहले पोसाक सुविधामा ११ लाख ५ हजार र ऐनमा उल्लेख भएभन्दा फरक हुने गरी १९ स्थानीय तहले ३ करोड ४२ लाख २९ हजार रुपैयाँ यातायातमा खर्च गरेको उल्लेख छ ।

यसैगरी ९६ स्थानीय तहले बैठक भत्ता बापत २ करोड ४९ लाख ५८ हजार रुपैयाँ, १२७ स्थानीय तहले भ्रमण तथा अनुगमनमा ५ करोड ९८ लाख रुपैयाँ खर्च गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

११६ स्थानीय तहले इन्धन, मोबाइल, सवारीसाधन, अतिथि सत्कार लगायतमा ६ करोड ३८ लाख ९६ हजार सहित कुल १८ करोड ५३ लाख २६ हजार रुपैयाँ बढी भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
Rupse Holidays
Nabil box

कानुन विपरीत स्वकीय सचिव र सल्लाहकार खर्च 

Vianet communication

स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने कानुनी व्यवस्था छैन । १७१ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी ९ करोड १५ लाख २ हजार रुपैयाँ पारिश्रमिक खर्च गरेका छन् ।

त्यसै गरी कार्यालयबाट भरपाई गरी लिएको जिन्सी तथा नगदी सोही कार्यालयमा फिर्ता गर्नुपर्नेमा १४ स्थानीय तहका प्रमुख सहितका पदाधिकारी, सदस्य र स्थानीय तहमा कार्यरत कर्मचारीले १ करोड १७ लाख ४१ हजारको मोबाइल, ल्यापटप सहितका मालसामान पालिकामा फिर्ता नगरेको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी २२८ स्थानीय तहले स्पष्ट कानुनी आधार एवं मापदण्ड बेगर आन्तरिक स्रोतको विश्लेषण समेत नगरी कर्मचारी प्रोत्साहन भत्तामा ९५ करोड ८३ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् ।

त्यसैगरी ६२५ स्थानीय तहले प्रतिस्पर्धा नगरी विभिन्न निर्माण कार्य, औषधि खरिद, परामर्श एवं वस्तु तथा सेवा सोझै खरिद गरी ७ अर्ब २२ करोड ५६ लाख ४२ हजार खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ । 

१९३ स्थानीय तहले सूचना प्रविधि विभागबाट स्वीकृति नलिई १८ करोड ६० लाख ६ हजार रुपैयाँको सफ्टवेयर खरिद तथा जडान गरेकोमा २९ स्थानीय तहले ३ करोड ७३ लाख ५२ हजार रुपैयाँको सफ्टवेयर प्रयोगमा नै नल्याएको प्रतिवेदनमा उल्लेख छ । 

सवारी साधन खरिद, मर्मत तथा इन्धनमा २ अर्ब ३० करोड खर्च 

७५ स्थानीय तहले ३ अर्ब ६६ करोड ७१ लाख २० हजारको चारपाङ्ग्रे सवारी साधन र १३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजारको दुईपाङ्ग्रे सवारी साधन समेत गरी ३ अर्ब ७८ करोड ४३ लाख ५८ हजारको सवारीसाधन खरिद गरेका छन् ।

 २६४ स्थानीय थाले सवारीसाधन मर्मतमा ७३ करोड ६७ लाख ९ हजार खर्च गरेका छन् । त्यसैगरी ३२७ स्थानीय तहले इन्धनमा १ अर्ब ५६ करोड ६९ लाख ८ हजार रुपैयाँ समेत गरी २ अर्ब ३० करोड ३६ लाख १७ हजार रुपैयाँ सवारी साधन खरिद, मर्मत तथा इन्धनमा खर्च गरेका छन् ।

त्यसै गरी ३०२ स्थानीय तहले जटिल प्राविधिक पक्ष समावेश भएका ३ हजार ३१४ निर्माण कार्य उपभोक्ता समिति मार्फत खर्च गरी २ अर्ब ९९ करोड ४८ लाख ४८ हजार रुपैयाँ खर्च गरेका छन् । 

त्यसैगरी १२९ स्थानीय थाले १ हजार २४५ योजनामा सम्झौता बमोजिम कट्टी गर्नुपर्ने २२ करोड ६८ लाख ७३ हजार उपभोक्ताको अंश कट्टा नगरी भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । 

२२२ स्थानीय तहले सार्वजनिक निर्माण सम्बन्धी तोकिएको नर्म्सभन्दा बढी लागत अनुमान स्वीकृत गरी २ हजार ४५ योजनाका उपभोक्ता समितिलाई २३ करोड ३८ लाख ४७ हजार रुपैयाँ बढी भुक्तानी दिएका छन् । ३१६ स्थानीय तहले २ हजार १६४ योजनाका उपभोक्ता समितिलाई नाप जाँचलगायतबाट कार्य परिमाण फरक पारी ३४ करोड १९ लाख ४३ हजार बढी भुक्तानी दिएका छन् ।

१ अर्ब भन्दा बढी आर्थिक सहायता वितरण 

त्यसैगरी आर्थिक सहायता, चन्दा, पुरस्कार बापत ५२३ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई १ अर्ब १५ करोड ८८ लाख २४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेका छन् । 

जस मध्ये २९४ स्थानीय तहले सहायता वितरण सम्बन्धी कार्यविधि समेत तयार नगरी ६३ करोड ४१ लाख ६२ हजार आर्थिक सहायता वितरण गरेका छन् । 

नाफा कमाउने संस्थालाई अनुदान उपलब्ध गराउन नमिल्ने भएपनि १७१ स्थानीय थाले त्यस्ता संस्थालाई २६ करोड १ लाख ३५ हजार अनुदान दिएको प्रतिवेदनमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x