०५ साउन २०८३, मंगलबार

कोलकातालाई तेस्रोपटक आईपीएल उपाधि, निरीह बन्यो हैदराबाद

जेठ १४, २०८१
काठमाडौं
कोलकातालाई तेस्रोपटक आईपीएल उपाधि, निरीह बन्यो हैदराबाद

इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको हो । 

हैदरावादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कोलकाताले ११औं ओभरमा पूरा गर्‍यो । 

कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए । ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन थपे । हैदराबादका कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको थियो । हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे ।

कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान दुई विकेट लिँदा वैभव अरोरा, सुनिल नारिन र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्