३१ जेठ २०८३, आइतबार

हवाईजहाजभन्दा पनि महंगो छ यो कुकुर, के हो विशेषता ?

कात्तिक २०, २०७४
हवाईजहाजभन्दा पनि महंगो छ यो कुकुर, के हो विशेषता ?
काठमाडौं — धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा ।


तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला ।

यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २०० भन्दा बढी कुकुरले भाग लिएका थिए । तर सबैको आँखा तिब्बती मास्टिफमा गड्यो ।

यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २४ देखि ४८ करोड छ । यतिमा त ससानो हवाईजहाज नै किन्न सकिन्छ । डग शोमा करोडौं मूल्यको मास्टिफ दिल्लीबाट ल्याइएको थियो ।

यो तिब्बती मास्टिफलाई पाल्न पनि महंगो छ । यसलाई चौबीसै घन्टा एसीको चिसो चाहिन्छ । अनि यसलाई प्रत्येक १५ दिनमा स्पा लग्नुपर्छ ।

यसको खाना जर्मनीबाट मगाउनुपर्छ ।

यो ३२ इन्चको हुन्छ र तौल करीब ७० देखि ८० किलो हुन्छ ।

यसले बाघ र चितुवा जस्ता जनावरसँग पनि लड्ने क्षमता राख्छ ।

एजेन्सीको सहयोगमा

प्रथमपटक शनिवार, श्रावण ७, २०७४ मा प्रकाशित

salt training

कमेन्ट गर्नुहोस्