०६ साउन २०८३, बुधबार

विश्वकप खेल्न नपाएपछि सन्दीपले भने- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

जेठ १४, २०८१
काठमाडौं
विश्वकप खेल्न नपाएपछि सन्दीपले भने- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागिता जनाउन नपाएका क्रिकेटर सन्दीपले लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन् । 

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि खेल्न जान नपाएका सन्दीपले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् । 

‘इमान्दारीपूर्वक भन्नुपर्दा मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ’, सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् । 

बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सन्दीपले सफाइ पाएका थिए ।

तर उनलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सन्दीपलाई किन भिसा नदिइएको भनेर दूतावासले केही खुलाएको छैन । नेपालले दाेस्राेपटक क्रिकेट विश्वकप खेल्न लागेको हो ।

नेपालले टी–२० विश्वकपमा छनोट हुँदा यूएईलाई पराजित गरेको समयको आफ्नो फोटो शेयर गर्दै सन्दीपले यस्तो लेखेका हुन् । 

नेपाल विश्वकपमा छानिँदा सन्दीपले ४ ओभरमा १ मेडन राखेर १४ रनमात्रै दिँदा दुई विकेट लिएका थिए । 

टी–२० विश्वकप १ देखि २९ जुनसम्म चल्नेछ । जहाँ २० वटा देशले भाग लिँदैछन् । 

समूह डीमा रहेको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्ससँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्