०३ साउन २०८३, आइतबार
सहकारी ठगी प्रकरण

सडकमा पनि चर्किँदै सहकारी ठगीको विषय, थाल ठटाउँदै विरोध प्रदर्शन [फोटो फिचर]

जेठ १४, २०८१
काठमाडौं
सडकमा पनि चर्किँदै सहकारी ठगीको विषय, थाल ठटाउँदै विरोध प्रदर्शन [फोटो फिचर]

सहकारी ठगीमा संसदीय छानबिनको मागसहित प्रतिपक्षी दलले संसद्‌मा विरोध गरिरहेको समयमा सडकमा पनि आन्दोलन शुरू भएको छ ।

सहकारी पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कालिमाटीबाट शुरू भएको सहकारी पीडितको जुलुस नयाँ बानेश्वरसम्म पुगेको छ ।

पीडितहरूले सहकारी ठगलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

स्वर्णलक्ष्मी सहकारी, युवा विकास सहकारी लगायतका पीडित सोमबारको प्रदर्शनमा सहभागी छन् ।

सहकारी पीडित कसैले थाल ठटाउँदै प्रदर्शन गरेका छन् भने कोही दूधे बालक बोकेर प्रदर्शनमा उपस्थित छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्