११ साउन २०८३, सोमबार

गिरीबन्धु टी स्टेट प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई छानबिन गर्नुपर्छ : पौडेल

जेठ १४, २०८१
काठमाडौं
गिरीबन्धु टी स्टेट प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई छानबिन गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा नीति भ्रष्टाचार भएकोले तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन गर्न माग गरेका छन् ।

ऐन नै बनाएर नीतिगत भ्रष्टाचार भएकोले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन गर्नुपर्ने माग पौडेलले गरेका हुन् ।

‘गिरीबन्धु टी स्टेटबारे अदालतको फैसलाबाट प्रष्ट छ- ऐन नै बनाएर नीतिगत भ्रष्टाचार गरियो। त्यसैले पनि तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ,’ सामाजिक सञ्जाल एक्समा लेख्दै पौडेलले भनेका छन्, ‘अदालतको फैसला पूर्ण कार्यान्वयन हुनुपर्छ। यसमा कसले को माथि आरोप लगायो, लगाएन भन्ने तर्क फगत विषयान्तर गर्ने चेष्टा मात्र हो, सचेत बनौं।’

कांग्रेसले पछिल्लो समय सहकारी प्रकरणसँगै झापाको गिरीबन्धु टी स्टेटको विषय उठाउँदै आएको छ । अदालतले नै नीतिगत विषय मिलाएर जग्गा साटफेर गरेको भन्दै गम्भीर सवाल उठाइदिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्