२२ जेठ २०८३, शुक्रबार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

जेठ १४, २०८१
काठमाडौं
कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले मंगलबार संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ ।

संसद्‌को संयुक्त बैठकमा प्रस्तुत हुने बजेट कार्यक्रम अगाडि भोलि ११ बजे बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

‘सहकारी प्रकरणमा छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पहिलेभन्दा सकारात्मक भएकोले हामी एकै दिन दुई पटकसम्म उहाँसँग छलफलमा जुटेका छौं,’ पाण्डेले लोकान्तरसँग भने, ‘हाम्रो अडान अहिले पनि गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा छानबिनको दायरामा आउनुपर्छ भन्ने है । हाम्रो बटमलाइन अहिलेसम्म यही हो । जे भए पनि हामी भोलिको ११ बजे बस्ने संसदीय दलको बैठकबाट एउटा टुंगोमा पुग्छौं ।’ छानबिन समिति गठन बजेटको कार्यक्रममा पनि कांग्रेसले अवरोध गर्न सक्ने संकेत उनले गरे । कांग्रेसले सहकारी प्रकरणको लागि संसदीय छानबिन समितिको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले रविमाथि छानबिन गर्नै पर्ने विषयलाई बटमलाइन बनाएर प्रधानमन्त्रीसँग छलफल गर्न जुटेको जानकारी पनि उनले दिए । छानबिन समिति बनाउन प्रधानमन्त्री तयार भए पनि एमाले र रास्वपा अझै इच्छुक नभएको दाबी कांग्रेसको छ ।

आन्तरिक छलफलपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, रमेश लेखक, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की प्रधानमन्त्री निवास पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्