
संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहहरूको बैठक आज बस्दै छ । संयुक्त संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि विपक्षी दलहरूको बेठक बस्न लागेको हो ।
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । यसका लागि बैठक दिउँसो १ बजे बस्दै छ ।
त्यसअघि विपक्षी दलहरूको बैठक बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्नेछ ।
सहकारी बचत अपचलन प्रकरणमा सत्ता र प्रतिपक्षको कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । तर, सोमबारको छलफल सकारात्मक रहेको भन्दै आज सहमति हुने दलहरूको विश्वास छ ।