१६ असार २०८३, मंगलबार

२३ लाख रुपैयाँ बराबरको काजु र किसमिस बरामद

जेठ १५, २०८१
धनुषा
२३ लाख रुपैयाँ बराबरको काजु र किसमिस बरामद

सशस्त्र प्रहरी धनुषाले २३ लाख रुपैयाँ मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरमा आज बुझाएको छ । 

गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु २३ लाख मूल्य बराबरको काजु र किसमिस जनककपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
 
प्राप्त जानकारीअनुसार २१ क्विन्टल काजु तथा पाँच क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार रु २३ लाख मूल्य बराबरको रहेको छ ।

भारतबाट अवैधरुपमा उपरोक्त खाने सामान नेपाल ल्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा मातहतको सुरक्षा वेश जनकपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको टोलीले नियन्त्रणमा लिएको थियो । 

उक्त टोलीले काजु र किसमिससहित मधेश प्रदेश ०४–००१ ख नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्