काठमाडौं १ कात्तिक– मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी सम्बन्धमा निर्वाचन आयोगले बुधवार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

साँझ पौने ५ बजे प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन तयारीबारे जानकारी गराउने आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए ।
मंसिर १० गते हुने चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता हुँदैछ । यसअघि सरकारमा सहभागि माओवादी केन्द्रका मन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने तयारी गरिरहेको बताएका थिए ।
पत्रकार सम्मेलन मार्फत आयोगले तोकिएको समयमै चुनाव गर्नेवारे जानकारी गराउन लागेको हो ।