

काठमाडौं, १ कात्तिक – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार छनौटको क्रममा ‘हाइ प्रोफाइल’ नेताहरूलाई प्रत्यक्ष तर्फ चुनाव लडाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले अहिलेसम्म २५ जना हाइप्रोफाइल नेतालाई प्रत्यक्ष तर्फका लागि टिकट दिने निर्णय गरेको छ । उक्त प्रोफाइलमा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मादेखि सभापति शेरबहादुर देउवासम्म रहेका छन् ।
हेरौं को कहाँ बाट लड्दै छन् -
शेरबहादुर देउवा – डडेल्धुर
शशांक कोइराला – नवलपरासी १
रामचन्द्र पौडेल – तनहुँ १
गोपालमान श्रेष्ठ – स्याङ्जा २
प्रकाशमान सिंह – काठमाडौं १
दिपक कुइँकेल – काठमाडौं २
अम्बिका बस्नेत – काठमाडौं ३
गगन थापा – काठमाडौं ४
प्रकाशशरण महत – काठमाडौं ५
नवीन्द्रराज जोशी – काठमाडौं ८
ध्यानगोविन्द रञ्जित – काठमाडौं ९
राजन केसी – काठमाडौं १०
विजयकुमार गच्छदार – सुनसरी ३
ज्ञानेन्द्रबहादुर कार्की – सुनसरी ४
मीनबहादुर विश्वकर्मा – सुनसरी १
मिनेन्द्र रिजाल – मोरङ २
महेश आचार्य – मोरङ ४
शेखर कोइराला – मोरङ ६
विश्वप्रकाश शर्मा – झापा १
आनन्दप्रसाद ढुंगाना – धनुुषा १
विमलेन्द्र निधि – धनुषा ३
रामशरण महत – नुवाकोट १
अर्जुन नरसिंह के.सी. – नुवाकोट २
पूर्णबहादुर खड्का – सुर्खेत १
रमेश लेखक – कञ्चनपुर ३