२४ जेठ २०८३, आइतबार

निजी क्षेत्र प्रवर्द्धन गरे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव– महासंघ अध्यक्ष ढकाल

जेठ १५, २०८१
काठमाडौं
निजी क्षेत्र प्रवर्द्धन गरे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव– महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको आगामी वर्षको बजेटप्रति सकारात्मक धारणा राखेका छन् । 

मंगलबार साँझ विज्ञप्ति जारी गर्दै ढकालले आर्थिक वर्ष २०८१–८२ लाई सरकारले घोषणा गरेको आर्थिक सुधार वर्षको स्वागत गरेका हुन् । 

‘२०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरिएको थियो, सोहीअनुरुप नयाँ चरणको सुधार र आयोग बन्नेसँगै सुधार वर्ष घोषणा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने सरकारको नीतिलाई पनि अध्यक्ष ढकालले सकारात्मक रुपमा लिएका छन् । 

‘महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन (एमआईसीई), पर्यटन हिल स्टेसन विकास गर्ने विषय आएका छन् ।’

सूचना प्रविधि र स्टार्ट अपमा केही सहुलियत र विस्तारका योजना ल्याएकोप्रति पनि अध्यक्ष ढकालले स्वागत गरेका छन् । 

‘महासंघको सधैँको माग निजी क्षेत्र प्रवर्द्धन थियो, त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ । यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ,’ उनले भनेका छन् ।  

अध्यक्ष ढकालले राजश्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा भने आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने जनाएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार दिउँसो संसदमा आव २०८१–८२ को बजेट प्रस्तुत गरेका थिए ।  १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्दै उनले सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको जनाएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्