२५ असार २०८३, बिहीबार

कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक

जेठ १६, २०८१
काठमाडौं
कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक

फरक क्षमताका कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच कविता सङ्ग्रह सार्वजनिक भएको हो । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा कवि उषा शेरचन, विप्लक प्रतीक, हेक प्रभासलगायतले उक्त कवितासङ्ग्रह संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

null

खनालले मधुसुदन घिमिरे दृष्टिविहीन भए पनि मनको आँखाले सामान्य मानिसले भन्दा धेरै महसुस गर्ने गरेको बताए । 

१२५ थान छोटा कविताहरू सङ्ग्रहित कवितासङ्ग्रहलाई साहित्य पोस्टले प्रकाशन गरेको हो । सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था समेटिएका कविता छन् ।

salt training

कमेन्ट गर्नुहोस्