०४ साउन २०८३, सोमबार

दक्षिण अफ्रिका आम निर्वाचनः बिहानैदेखि मतदान

जेठ १६, २०८१
काठमाडौं
दक्षिण अफ्रिका आम निर्वाचनः बिहानैदेखि मतदान

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा बुधबार बिहानैदेखि आम निर्वाचनका लागि मतदान शुरू भएको छ । 

देशको निर्वाचन निकाय दक्षिण अफ्रिकाको स्वतन्त्र निर्वाचन आयोगका अनुसार नयाँ राष्ट्रियसभा र प्रान्तीय विधायिका चयन गर्न देशभरका २३ हजारभन्दा बढी मतदान केन्द्रहरूमा दुई करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२४ को राष्ट्रिय र प्रान्तीय चुनाव, दक्षिण अफ्रिकाको स्वतन्त्रता र प्रजातन्त्रको ३० वर्षको उत्सवसँग मिल्दोजुल्दो छ । सन् १९९४ मा रङ्गभेद समाप्त भएपछि देशमा भएको सातौँ आम चुनाव हो ।

निर्वाचन परिणाम आइतबार घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । नयाँ राष्ट्रिय सभाले आगामी पाँच वर्षका लागि दक्षिण अफ्रिकाको राष्ट्रपति छनोट गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्