२८ जेठ २०८३, बिहीबार

बस व्यवसायीद्वारा उपमहानगरपालिका घेराउ

कात्तिक २०, २०७४
बस व्यवसायीद्वारा उपमहानगरपालिका घेराउ
धनगढी, १ कात्तिक - धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित बस बिसौनी आफूहरुले प्रयोग गर्न पाउनुपर्ने माग गर्दै कर्णाली रिभर यातायात र मालिका यातायात सम्बद्ध व्यवसायीले आज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

धनगढी उपमहानगरपालिका–४ बेहंडीमा रहेको बस बिसौनी आफुहरुलाई प्रयोग गर्न नदिई सुदूरपश्चिम यातायात व्यवसायी समिति सम्बद्ध व्यवसायीले एकलौटी रुपमा प्रयोग गरेकाले विरोधस्वरुप उपमहानगरपालिका घेराउ गर्नु परेको कर्णाली रिभर यातायात सम्बद्ध व्यवसायी जनक धाँमीले बताउनुभयो ।

“एउटा संस्था सुदूरपश्चिम यातायातले मात्र बस बिसौनीको प्रयोग गरिरहेको छ”–धाँमीले भन्नुभयो, “बस बिसौनीको प्रयोग सबै बस व्यवसायीले गर्न पाउनु पर्छ भन्ने माग हामीले राखेका छौँ ।”

गन्तव्यमा जाने सबै बस उपमहानगरको स्वामित्वको बस बिसौनीबाट छुट्ने व्यवस्था नभएसम्म आफूहरुको संघर्ष नरोकिने अर्का व्यवसायी दीलबहादुर खलौलाले बताउनुभयो ।

मासिक रु ६५ हजारमा निजी व्यक्तिको जग्गामा भाडामा लिएर कर्णाली रिभर यातायात र मालिका यातायातले स्थापनाकालदेखि नै छुट्टै रुपमा बस बिसौनीको व्यवस्था गरेको छ । उपमहानगरको स्वामित्वको बस बिसौनीमा सुदूरपश्चिम यातायातले आफूहरुका बस राख्न नदिइ विवाद सिर्जना गर्ने गरेको कर्णाली रिभर यातायात व्यवसायीको आरोप छ ।

सुदूरपश्चिम यातायातमा ५०० र कर्णाली रिभर तथा मालिका यातायातमा २५० भन्दा बढी बस व्यवसायी आवद्ध रहेका छन् । बस बिसौनी उपमहानगरपालिकाले भाडामा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्