३० जेठ २०८३, शनिबार

नारायणगढमा खुल्यो नयाँ एनसेल सेन्टर

जेठ १७, २०८१
काठमाडौं
नारायणगढमा खुल्यो नयाँ एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणगढमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरूले सबै किसिमका ग्राहक सेवा प्राप्त गर्न सक्छन् ।

null 

आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन् । 

यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई–सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा प्राप्त गर्न सक्छन् ।

null 

सेन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, ‘नारायणगढमा खोलिएको नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौं । ‘हामी तपाईंकै लागि’ अर्थात नेपाल र नेपालीका लागि हौं र यही थिममा आधारित भइ ग्राहक सेवाका लागि स्थानीयस्तरमा नै उपस्थिति जनाएर ग्राहकलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरबाट फाइदा पुर्याउनु हाम्रो उद्देश्य रहेको छ ।’

उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा बोल्दै उनले यो यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिएपश्चात् मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको बताए । ‘यसले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखी आफ्नो डेटा सधैं अन राख्न मद्दत गर्दछ,  किनकि आजको डिजिटल युगमा धेरै कार्य अनलाइनमार्फत नै गरिने हुनाले उनीहरू सधैं अनलाइन रहनु पर्दछ,’ उनले भने ।

null

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले पुल्चोक, नारायणगढमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । आफ्ना ग्राहक सेवालाई अझ सहज बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्