०२ असार २०८३, मंगलबार

पैसावालालाई टिकट दिएको भन्दै राजपामा हंगामा

कात्तिक २०, २०७४
पैसावालालाई टिकट दिएको भन्दै राजपामा हंगामा
काठमाडौँ, २ कात्तिक - पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ ।RAJAPA-NEPAL

पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन्, अन्नपूर्ण पोस्टमा खबर छापेको छ ।

झाको नेतृत्वमा नेताहरु बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।

आफ्ना गोजीका व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरुलाई समानुपातिक र प्रदक्ष्य दुवैतर्फको टिकट वितरण गरेको उनीहरुको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्