२४ जेठ २०८३, आइतबार

एमालेको महिला भेलामा दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

जेठ १८, २०८१
काठमाडौं
एमालेको महिला भेलामा दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’
फाइल तस्वीर

नेकपा (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरूको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो  । 

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको  ‘एचपीभी डीएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन् । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र  प्राप्त हुने जानकारी दिइन् ।

'हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ,' उनले भनिन् । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्