०५ असार २०८३, शुक्रबार

विपक्षीको मुख बन्द गर्ने गरी यस्तो निर्णय गरे प्रधानमन्त्रीले

कात्तिक २०, २०७४
विपक्षीको मुख बन्द गर्ने गरी यस्तो निर्णय गरे प्रधानमन्त्रीले

काठमाडौँ, २ कात्तिक- निर्वाचन सार्न लागेको भन्ने विपक्षी दलको आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेर निर्वाचनको समयमा पुरानै शैलीमा सेना परिचालन गर्ने निर्णय गराएका छन ।582036-434852-sher-bahadur-deuba
बैठकले आसन्न संघ (प्रतिनिधी सभा) र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक पर्ने सुरक्षा समन्वय गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सुरक्षा परिषदले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पुरानै मोडल (यसअघिकै शैलीमा) सेना परिचालन गर्न सिफारिस गरेको छ । यो बैठकमा भएको निर्णयले निर्वाचन समयमा हुनेमा रहेको आंशकालाई चिरेको एक सदस्यले बताए । कान्तिपुरमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्