
नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नदीमा डुबेर सोही ठाउँ बस्ने महनब लोनियाको छोरा ११ वर्षीय उमेशको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।