०६ असार २०८३, शनिबार

दाङमा हुरीसहितको वर्षाले घर भत्कियो, एकजनाको मृत्यु

जेठ १९, २०८१
दाङ
दाङमा हुरीसहितको वर्षाले घर भत्कियो, एकजनाको मृत्यु

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । 

आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । 

टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्