१० साउन २०८३, आइतबार
प्रतिनिधिसभा बैठक

मापसे कारबाहीमा परेकालाई हुकुमीशैलीमा सडकमा उतार्ने काम रोक्न कांग्रेसको रुलिङ माग

जेठ २०, २०८१
काठमाडौं
मापसे कारबाहीमा परेकालाई हुकुमीशैलीमा सडकमा उतार्ने काम रोक्न कांग्रेसको रुलिङ माग

मादकपदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेका नागरिकलाई ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संविधान र कानूनविपरीतको काम रोक्न सरकारलाई रुलिङ गर्न कांग्रेसले आइतबार सभामुखको ध्यानाकर्षण गराएको छ । 

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको सनकका भरमा कसैलाई सडकमा उभ्याउन नपाइने बताएका हुन् । ‘कानूनी राज्यको स्थापनाका लागि हामीले हुकुमी शासनविरुद्ध लड्याैँ । अहिले गृहमन्त्रीको ट्वीटका आधारमा मापसे गरेकालाई सडकमा उभ्याइन थालिएको छ । मापसे गरेका मानिसलाई पहेँलो ज्याकेटमा सडकमा ल्याएर उभ्याउँदा स्वयंसेवक गर्नेहरूको मनोबल गिरेको छ,’ उनले भने । 

खतिवडाले मापसे कारबाहीमा परेर लर्बराएकालाई सडकमा उतार्ने काम बन्द गर्न सरकारसँग माग गरे । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मापसे कारबाहीमा परेका व्यक्तिलाई ट्राफिक स्वयंसेवक बनाउन थालिएको हो । त्यसविरुद्ध परेको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्