१२ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा बैठक

गृहमन्त्रीको अभिव्यक्तिबारे संसदमा गगनले भने– प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ, हिसाब–किताब लिन्छौँ

जेठ २०, २०८१
काठमाडौं
गृहमन्त्रीको अभिव्यक्तिबारे संसदमा गगनले भने– प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ, हिसाब–किताब लिन्छौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने भनेर कांग्रेस नेताहरूमाथि लगाएको आरोप सम्बन्धमा प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् । गृहमन्त्रीको अभिव्यक्तिको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्ने उनले बताए । 

आइतवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री थापाले गृहमन्त्रीले लगाएको आरोप सही भए विदेशीलाई सूचना बेच्ने सांसदलाई देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका हुन् । 

‘विदेशीलाई सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ, तर त्यो विषयमा हिसाब–किताव प्रधानमन्त्रीसँग लिने हो,’ उनले भने, ‘आफूमाथि लागेको आरोप सम्बन्धमा धनराज गुरुङले सदनको मर्यादा कायम राख्न निवेदन दिनुभएको छ । गृहमन्त्रीबाट जुन कुरा सुनियो, कि प्रधानमन्त्रीले सही हो भन्नु पर्यो, कि रेकर्डबाट हटाइन्छ भनेर जवाफ दिनुपर्याे । प्रधानमन्त्रीसँग हिसाब लिइन्छ, यही सदनमा ।’

यसअघि संसदमा सम्बोधनका क्रममा गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेच्ने सांसद यही संसदमा रहेको भन्दै मन्त्री या पार्टीको महामन्त्री जो भएपनि कारबाहीको दायरामा आउनुपर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्