०६ असार २०८३, शनिबार

डोटीमा बस दुर्घटना हुँदा ३ को मृत्यु

कात्तिक २०, २०७४
डोटीमा बस दुर्घटना हुँदा ३ को मृत्यु

काठमाडौं, २ कात्तिक - डोटीको बडीकेदार गाउँपालिकामा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

अत्तरकाँडाबाट धनगढी हिँडेको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटना हुँदा बडीकेदार गाउँपालिका ४ का ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीया निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकी तीन वर्षकी बालिकाको चाहिँ अहिलेसम्म सनाखत भएको छैन ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेहरुको डोटीमै उपचार भइरहेको छ । बसमा १७ जना यात्रु सवार रहेको घाइतेहरुले बताएका छन् । बस सडकबाट एक सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्