
वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारको आरोप लागेका सहसचिव बुद्धिसागर लामिछाने ५ लाख रुपैयाँ धरौटीमा तारेख रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले लामिछानेलाई धरौटीमा रिहा गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा नेपाल वायु सेवा संघ सञ्चालक समितिका सदस्य लामिछाने आइतबार विशेष अदालतमा निवेदनका साथ उपस्थित भएका थिए ।