०५ साउन २०८३, मंगलबार

उपेन्द्र यादवको दाबी- प्रचण्ड नेतृत्वको सरकारको आयु २/४ दिन मात्रै बाँकी छ

जेठ २०, २०८१
काठमाडौं
उपेन्द्र यादवको दाबी- प्रचण्ड नेतृत्वको सरकारको आयु २/४ दिन मात्रै बाँकी छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारको आयु २/४ दिन मात्रै रहेको दाबी गरेका छन् ।

कपिलवस्तुको तौलिहवामा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

धोका दिन माहिर प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धोका दिने उनले बताए ।

प्रचण्डले ओलीलाई समेत धोका दिइरहेको आरोप लगाउँदै उनले सरकारको आयु अब २/४ दिन मात्रै रहेको बताए ।

साथै उनले प्रधानमन्त्रीले बेइमानी गर्दै आफ्नो पार्टी फुटाइदिएको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्