
गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा मेला हुन लागेको हो ।
रोजगारदाता र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट गराउने तथा रोजगारी सृजनाको वातावरण उपलब्ध गराउने उदेश्यसहित गएको १७ गतेदेखि विराटनगरबाट श्रमाधान रोजगार मेला शुरू भएको हो । सातै प्रदेशमा दुई, दुई दिन हुने मेला यसअघि विराटनगर र जनकपुरमा भइसकेको छ ।