०५ असार २०८३, शुक्रबार

कान्तिपुरका ९५२ बचतकर्ताले दिए जाहेरी

जेठ २१, २०८१
काठमाडौं
कान्तिपुरका ९५२ बचतकर्ताले दिए जाहेरी

 कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ ।

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताए । 

उनका अनुसार जाहेरीकर्ताको मागबमोजिम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपियाँ बिगो रकम रहेको छ । लामाविरुद्ध नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्