०६ असार २०८३, शनिबार

क्याटालोनियाको स्वतन्त्रता रोक्न स्पेनले त्यहाँको स्वायत्तता खारेज गर्ने

कात्तिक २०, २०७४
क्याटालोनियाको स्वतन्त्रता रोक्न स्पेनले त्यहाँको स्वायत्तता खारेज गर्ने

काठमाडौं, २ कात्तिक — स्पेनबाट छुट्टिएर स्वतन्त्र क्याटालोनिया देश बनाउने धम्की आएपछि स्पेनले क्याटालोनियाको स्वायत्ततालाई शनिवार खारेज गर्ने भएको छ ।


त्यहाँको संविधनको धारा १५५ लाई सक्रिय बनाउनका लागि मन्त्रीहरूको बैठक गरिने सरकारले जनाएको छ । त्यसो हुँदा स्पेनले क्याटालोनियामा प्रत्यक्ष शासन गर्नेछ ।

क्याटालोनियाका नेताले स्पेनबाट आफूहरूमाथि दमन भइरहेमा आफ्नो क्षेत्रको संसद्ले स्वतन्त्रताको पक्षमा मत दिने बताएका थिए । अक्टोबरको १ तारिखमा भएको विवादास्पद जनमत संग्रहमा क्याटोलियालीहरूले स्वतन्त्रताको पक्षमा मत दिएका थिए ।

स्पेन सरकारको कदमले अशान्ति मच्चिन सक्ने आशंका केहीले गरेका छन् ।

स्पेनको सन् १९७८ मा जारी भएको संविधानको धारा १५५ ले मड्रिडलाई संकटका बखत प्रत्यक्ष शासन चलाउनका लागि व्यवस्था गर्ने अनुमति दिन्छ । तर यसलाई यसअघि कहिल्यै सक्रिय गरिएको थिएन ।

मड्रिड र बार्सिलोनाका राजनीतिक दलहरू विवादास्पद जनमत संग्रहपछि तनावग्रस्त गतिरोधको स्थितिमा छन् ।

क्याटालोनियालीहरूले स्वतन्त्रताको पक्षमा मत खसेको बताइरहँदा स्पेनको सर्वोच्च अदालतले त्यसलाई अवैध ठहर गरेको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्