२१ असार २०८३, आइतबार

तस्बिरमा हेर्नुहोस् उपत्यकाको झिलिमिलि

कात्तिक २०, २०७४
तस्बिरमा हेर्नुहोस् उपत्यकाको झिलिमिलि
काठमाडौं, २ कात्तिक—आज दीपावलीको रातभर झिलिमिलि बत्ती बाल्ने प्रचलन रहेको छ । उपत्यकाबासीको दीपावलीलाई सुखद बनाउन नेपाल विद्युत प्राधिकरण लागिपरेको छ ।light (2)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ हुन नदिन फिल्डमा खटिएका छन् ।
प्राधिकरणमा आएसँगै उपत्यकालाई लोडसेडिङमुक्त बनाएर वाहवाही कमाएका घिसिङले लोडसेडिङ हुन नदिन आफैं राजधानीका विभिन्न पुगेर लोड व्यवस्थापनमा कर्मचारीहरुलाई आवश्यक निर्देशन दिइरहेका हुन् ।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको रात वर्षकै सबैभन्दा बढी बिजुलीको माग हुन्छ । सो कुरालाई मध्यनजर राख्दै प्राधिकरणले लोड व्यवस्थापन गर्दै कुनै पनि हालतमा लोडसेडिङ हुन नदिन लागिपरेको हो ।

दीपावलीमा गत वर्षभन्दा एक सय मेगावाट विद्युत बढी खपत हुने अनुमान प्राधिकरणको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार रातभरी झिलिमिलि पार्ने महत्वपूर्ण पर्व दीपावलीको रात गत वर्ष १ हजार ४ सय ४४ मेगावाट विद्युत खपत भएकोमा यो वर्ष माग १ हजार ५ सय ५० मेगावाट पुग्ने अनुमान गरिएको छ ।light (4)

यो वर्षको लक्ष्मीपूजाको दिन आन्तरिक रुपमा निजी तथा प्राधिकरणका सबै आयोजनालाई पूर्ण क्षमतामा चलाइएको बताइएको छ ।


दीपावलीको साँझ उपत्यकाको स्वयम्भूबाट देखिएको उपत्यकाको झिलिमिलि तस्बिरः रासस 
light (5)

light (3)


light (1)

salt training

कमेन्ट गर्नुहोस्