२९ जेठ २०८३, शुक्रबार

बेसहारा बालबालिकाका अभिभावक राष्ट्रपति बनेपछि ...

कात्तिक २०, २०७४
बेसहारा बालबालिकाका अभिभावक राष्ट्रपति बनेपछि ...
–सिबी अधिकारी

काठमाडौँ, ३ कात्तिक - बालमन्दिर नक्सालकी १४ वर्षीया सत्या महरा जन्मदै अभिभावकविहिन थिइन् तर के फरक प¥यो र ? उनले अहिले राष्ट्रप्रमुख नै अभिभावक पाएकी छिन् ।balika

मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत् महरा राष्ट्रपतिसँग साक्षात्कार गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छिन् ।

मेरो अभिभावक थाहा छैन तर मैले राष्ट्रपति नै अभिभावक पाएकी छु त्यसैले म असाध्यै खुसी छु,’–उनले भनिन् ।

दियाँ स्कुल हाडिगाउँमा कक्षा ९ मा अध्ययनरत् विनिता थामी पनि राष्ट्रपतिसँग पटक–पटक भेट्न पाउँदा रमाइलो अनुभव सुनाउछिन् । दुवैको जन्म घर र अभिभावक नै बाल मन्दिर बनेको छ ।

यी प्रतिनिधि बालिकाजस्तै बालमन्दिरका ४३ जना बालिकाले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट गुन्यू चोलो प्राप्त गरे । बाल मन्दिरले जुटाएको यो अवसरमा ६ देखि १६ वर्षका बालिका सहभागी थिए ।

बाबुआमाबाट बेसहारा बनेका, शारीरिक अपाङ्गता भएका यी भाग्यमानी बालिका जो राष्ट्रप्रमुख अभिभावक पाएर पटकपटक शीतल निवास पुग्छन् तर अरू सामान्य अभिभावकसँगै रहेका बालबालिकाले यो अवसर पाउदैनन्, त्यस मानेमा यी बालबालिका निकै भाग्यमानी सावित बनेका छन् ।

बाल मन्दिरका संयोजक शशी रजक पनि बेसहारा बालबालिकालाई छोराछोरी बनाउन पाएकोमा खुसी हुनुहुन्छ । राष्ट्रपतिबाट गुन्यू चोलो उपहार बालिकालाई दिने अवसर बाल मन्दिरले पाउँदा असाध्यै गौरबको अनुभूति भएको सुनाउनुभयो ।

यी बालिका अहिले मात्र हैन यो सहित तीन पटक राष्ट्रपतिसँग भेटगर्ने अवसर पाए । अघिल्लो माघेसक्रान्ति र दशैँको नवमीमा पनि यसरी नै राष्ट्रपतिसँग भेट गरेका थिए ।

राष्ट्रपति कार्यालयका आमन्त्रित पण्डित विष्णुप्रसाद खतिवडाले आज लक्ष्मीपूजाको अवसर भएकाले लक्ष्मीस्वरुप बालमन्दिरका असहाय बालबालिकालाई राष्ट्रपतिबाट गुन्यू चोलो प्रदान गरिएको बताउनुहुन्छ ।

उहाँका अनुसार आठ देखि १३ वर्षका बालिकालाई गुन्यू चोली दिइन्छ । हिन्दू संस्कारअनुसार कन्यालाई देवीको रुपमा पूजा गरिन्छ ।

तत्कालीन संसद्को महिला बालबालिका तथा समाज कल्याण समितिका सभापति रन्जु ठाकुर पनि राष्ट्रपतिले बाल मन्दिरका बालबालिकालाई बोलाएर गुन्यू चोलो दिने उत्कृष्ठ कार्यक्रम भएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ ।

“आज विशेष लक्ष्मीपूजा पनि प¥यो राष्ट्रपतिले गर्नुभएको कार्यक्रम निकै प्रसंशनीय र प्रेरणादायी छ । म पनि बालबालिका समितिको तत्कालीन सभापति भएकाले पनि यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा निकै गौरव महशुस गरेकी छु,”–उहाँले भन्नुभयो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले बाबुआमा नभएका र संरक्षण नभएका बालबालिका लागि यस्तो किसिमको कार्यक्रमले उनीहरुलाई अभिभावक भएको महशुस हुने हुदाँ राष्ट्रप्रमुखबाटै यस्तो कार्यक्रम आयोजना गरिनु निकै खुसीको विषय हो भन्नुभयो ।

उहाँले आगामी दिनमा पनि यस्तै कार्यक्रम गरेर यी बालबालिकालाई प्रेरणा जगाई उनीहरुको शारीरिक, मानसिक विकासमा सहयोग गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले अभिभावकविहीन, अनाथ तथा शारीरिक अपाङ्गता भएका बालबालिकालाई राष्ट्रपतिबाट अभिभावकत्व प्रदान गर्ने नौलो परम्परा शुरु भएको बताउनुभयो ।

बाल मन्दिरअन्तर्गत अहिले ३८८ जना बेसहारा बालबालिका छन् । देशका ७५ जिल्लामा ७८ वटा बाल मन्दिर (विद्यालय) छन् भने ११ वटा बालगृह रहेका छन् । वि.सं. २०२१ सालमा तत्कालिन मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको पालादेखि परोपकारी संस्था बाल मन्दिरको स्थापना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्