०५ साउन २०८३, मंगलबार

मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

कात्तिक २०, २०७४
मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु
उर्लाबारी, मोरङ, ३ कात्तिक (रासस) : मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 


पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण थापामगरलाई बिहिबार दिउँसो ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । 

ठक्कर दिने मोटरसाइकल र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका– ११ पीपलचोक बस्ने २८ वर्षीय विनोद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्