२२ जेठ २०८३, शुक्रबार

एमालेलाई २१, माओवादीलाई १६ क्षेत्र, यसरी मिल्यो ३२ जिल्लाको भागवण्डा (सूची सहित)

कात्तिक २०, २०७४
एमालेलाई २१, माओवादीलाई १६ क्षेत्र, यसरी मिल्यो ३२ जिल्लाको भागवण्डा (सूची सहित)
काठमाडौं, ३ कात्तिक–मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन क्षेत्रको भागवण्डा मिलाएका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधि सभा तर्फका ३७ सिटमा माओवादीलाई १६ स्थान छाड्न एमाले राजी भएको छ ।

कार्यदलमा लामो गृहकार्यपछि दुईदलबीच भागवण्डा मिलेको एमालेका एक नेताले जानकारी दिए । जसअनुसार ताप्लेजुङ, पाँचथर, शंखुवासभा, ओखलढुंङगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ–१ धादिङ–२, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला एमालेको भागमा परेको छ ।

भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, लम्जुङ, गोरखाका दुवै क्षेत्र, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व पश्चिम, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट जिल्ला माओवादीले पाएको छ । प्रदेश सभाका ७४ सीटमध्ये एमालेलाई ४१ र माओवादीलाई ३३ सीट लिने गरि दुई दलबीच सहमति जुटेको छ ।

निर्वाचन क्षेत्रमा सहमति भएपछि ती दलले शुक्रवार नै उम्मेदवार छनौट गर्ने तयारी गरेका छन् । पहिलो चरणमा हुने निर्वाचनका लागि कात्तिक ५ गते आइतवार उम्मेदवारी मनोनयन हुँदैछ ।

लोकतान्त्रिक गठबन्धनले भने उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्