
पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार नुहाउने क्रममा डुबेका अहमदलाई सँगै आएका साथीहरूले उद्धार गरेका थिए ।
उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।