२३ जेठ २०८३, शनिबार

संसद्लाई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी छः अध्यक्ष ओली

जेठ २६, २०८१
काठमाडौं
संसद्लाई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी छः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी देश विकास गर्न सकिने बताएका छन् । 

नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागको प्रकाशन ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ नामक पुस्तकको यहाँ लोकार्पण गर्दै उनले विश्वको सर्वाेच्च शिखर सगरमाथामात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रसमेत नेपाल भएको हुँदा पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “देवभूमि, ज्ञानभूमि, बुद्धजन्म भूमि र तपभूमिका रूपमा रहेको नेपालमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना छ । राम जन्मभूमिसमेत चितवनमा पर्छ, बुद्धिजमको विकास यहीँ भएको हो । हिन्दू र बुद्ध धर्मको प्रवर्द्धन पनि यहीँबाट भएको छ ।”

विश्वमै शल्यक्रिया गर्ने पहिलो अभ्यास नेपालमै भएको धार्मिक ऐतिहासिक घटनाले पुष्टि गरेको बताउँदै उनले ऋषि, महर्षिका ध्यान र तपस्या गर्ने स्थानका रूपमा समेत नेपाल रहेको उल्लेख गरे । यीनै सम्भावनाहरूको विकास र प्रवर्द्धन गर्दै देशको राजनीतिलाई सन्दुर र स्वस्थ्य तुल्याउँदै जनताका समस्या हटाउने अभियानमा सरिक हुन आवश्यक रहेको उनको भनाइ थियो । 

अध्यक्ष ओलीले नेपालमा पर्यटनको अवस्था चिन्न, चुनौती बुझ्न र प्रवर्द्धन गर्न पुस्तकले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गए । 
  
आफूहरू शान्तिपूर्ण र न्यायपूर्ण समाज बनाउन प्रयासरहत रहेको बताउँदै अध्यक्ष ओलीले संसद्लाई गालीगलौज गर्ने थलोका रूपमा नभई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी रहेको विचार प्रकट गरे । 

कार्यक्रममा उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले समाजवाद भनेको गरिबी नभई समृद्धि ल्याउने र सम्पन्नता बढ्ने आर्थिक ‘रोडम्याप’ भएको बताए । 

नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागका प्रमुख भीमप्रसाद आचार्यले पर्यटन क्षेत्रको विकास र विस्तारमा लगानी गर्ने तथा जोखिम मोलेर काम गर्नेलाई प्रोत्साहन गर्ने पार्टीको नीति रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्