१२ साउन २०८३, मंगलबार

भारत भर्सेस पाकिस्तान: विगतमा को भारी ?

जेठ २७, २०८१
काठमाडौं
भारत भर्सेस पाकिस्तान: विगतमा को भारी ?

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज साँझ चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने हुनेछन् ।

भारत र पाकिस्तान रहेको समूह ‘ए’मा आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड पनि छन् । अमेरिका दुई खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । दुई खेलमा एक जीत निकाल्दै क्यानडा तेस्रो स्थानमा छ ।

यता पाकिस्तान र आयरल्यान्ड भने अंकबिहीन अवस्थामा चौथो र पाँचौ स्थानमा छन् ।

यस्तो अवस्थामा आज पाकिस्तानलाई सुपर आठमा जाने सम्भावना जीवितै राख्न भारतलाई हराउनै पर्ने दबाब छ । तर यो सहज भने छैन ।

किनकि, विश्वकपमा भारत पाकिस्तानमाथि हाबी हुँदै आएको छ । सन् २००७ मा भएको टी–२० विश्वकपको फाइनलमा पाकिस्तानलाई नै हराएर भारतले उपाधि जितेको थियो । टी–२० विश्वकपमा यी दुई टोलीबीच सात पटक भेट भएको छ । जसमा पाँच पटक भारत भारी परेको छ । एक पटक मात्रै पाकिस्तानले बाजी मारेको छ । एउटा खेल भने बराबरीमा सकिएको छ । 

हालसम्म यी टोलीबीच टी–२० मा १२ पटक भेट भएको छ । जसमा भारत हाबी देखिन्छ । भारतले नौ खेलमा जीत हात पारेको छ । पाकिस्तानले भने भारतलाई तीन पटक मात्र पराजित गर्न सकेको छ ।

राजनीतिक दुश्मन रहेका यी देशबीचको खेल रोमाञ्चक हुने विश्वास लिइएको छ । दुवै टोलीले आफ्नो शतप्रतिशत शक्ति प्रयोग गर्ने निश्चित छ । 

भारत र पाकिस्तानको खेल आइतबार राति ८ः१५ बजे अमेरिकाको न्युयोर्कमा शुरू हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्