१७ असार २०८३, बुधबार

झोलुङ्गे पुलमा फसेका खच्चडलाई नदीमा खसालेर उद्धार गरिँदै, ५ वटा पौडिएर निस्किए

जेठ २७, २०८१
काठमाडौं
झोलुङ्गे पुलमा फसेका खच्चडलाई नदीमा खसालेर उद्धार गरिँदै, ५ वटा पौडिएर निस्किए

कर्णालीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धार शुरू भएको छ ।

झोलुङ्गे पुल पार गर्ने क्रममा आइतबार बिहान अड्किएका १३ वटा खच्चडको पुलको जाली काटेर उद्धार शुरू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए ।​

'पुलको जाली काटेर खच्चडलाई खोलामा खसालेर उद्धार हुँदै छ,' उनले भने, 'अहिलेसम्म ५ वटा खच्चड आफैं पौडिएर निस्किएका छन्, अन्यलाई पनि त्यसैगरी निकाल्ने प्रयास भइरहेको छ ।'

उनका अनुसार पुललाई सिधा पारेर रेस्क्यूको प्रयास गरिए पनि असम्भव देखिएपछि तार काटेर उद्धार थालिएको हो ।

उद्धारका लागि दुवै जिल्लाका सुरक्षाकर्मी खटिएका छन् ।​

यो पनि पढ्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्