२३ असार २०८३, मंगलबार

भाइटीकाको साइत ११ : ५५ बजे, दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनु उत्तम

कात्तिक २०, २०७४
भाइटीकाको साइत ११ : ५५ बजे, दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनु उत्तम
काठमाडौँ, ३ कात्तिक – यस वर्षको भाइटीकाको साइत भोलि कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।   

११ः५१ मा उत्तम रहेपनि तिहारको दिन दिनभरी नै टीका लगाउन सकिने गौतमले बताए । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्