२५ जेठ २०८३, सोमबार

मोदी मन्त्रिमण्डलमा जयशंकर पुनः विदेशमन्त्री हुने

जेठ २७, २०८१
काठमाडौं
मोदी मन्त्रिमण्डलमा जयशंकर पुनः विदेशमन्त्री हुने
विदेशमन्त्री एस जयशंकर। (पीटीआई फोटो/कमल किशोर)

नरेन्द्र मोदीले नेतृत्व गरेको तेस्रोपटकको एनडीए सरकारमा हालका विदेशमन्त्री एस जयशंकर पुन: वैदेशिक मामिला मन्त्री हुने भएका छन् ।

आइतबार साँझ सम्भावित मन्त्रीहरूलाई प्रधानमन्त्री मोदीले आफ्नो निवासमा चिया पिउन आमन्त्रित गरेका थिए ।

त्यहाँ जयशंकर पनि सहभागी भएको भन्दै भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले उनी पुनः विदेशमन्त्री हुने दाबी गर्दै समाचार लेखेको छ । 

उनीसँगै निर्मला सीतारमण र सर्वानन्द सोनोवाल लगायत अन्य भारतीय जनता पार्टी (भाजपा) नेताहरू सहभागी हुन दिल्लीस्थित प्रधानमन्त्रीनिवास लोक कल्याण मार्गमा पुगेका थिए ।

इण्डियन एक्सप्रेसले सूत्रको हवाला दिँदै भनेको छ, 'यश जयशंकर मोदी-३ क्याबिनेटमा मन्त्री हुने पक्का भएको छ ।'

जयशंकरले पछिल्लो पाँच वर्षमा भारतको कूटनीतिक क्षेत्रमा प्रमुख व्यक्तित्व बनाएका छन् । राज्य सभाका सदस्यका रूपमा उनी मन्त्री हुन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्