
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले प्रदेशका सबै जिल्लामा खुला शैक्षिक पार्क निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ । प्रत्येक जिल्लामा नमूनाको रुपमा १/१ वटा पार्क निर्माण गर्ने जनमतको लक्ष्य छ ।
जनमत पार्टीको सचिवालयका अनुसार मुख्यमन्त्री सतिशकुमार सिंहको मधेश सरकारले बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्ने छ ।
त्यसका लागि कृषि समूह, सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गरिने जनाइएको छ ।
यस्तै, प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वसनियता बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने प्रस्ताव जनमतले अगाडि सारेको छ ।
वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरि श्रम बैंकको रुपमा परिचालन गर्दै सीपलाई रोजगारमा जोडिने जनाइएको छ ।
यस्ता छन् जनमतका प्रस्ताव
