२० असार २०८३, शनिबार

स्वास्थ्यमन्त्री यादवले गरे २ प्रमुख स्वास्थ्य संस्थाको अनुगमन

जेठ २७, २०८१
काठमाडौं
स्वास्थ्यमन्त्री यादवले गरे २ प्रमुख स्वास्थ्य संस्थाको अनुगमन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरी त्यहाँका गतिविधि र समस्याबारे जानकारी लिएका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बजेट अभावका र जनशक्ति दरबन्दी यकिन नहुँदा छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको बताएका थिए। 

जवाफमा मन्त्री यादवले आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए । उनले भने, 'बाँकी रहेका काम सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया शुरू गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।'

मन्त्री यादवले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमनका क्रममा त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग छलफल गरे ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रको भवन साँघुरो भएकाले सेवा प्रवाहमा आइरहेका समस्या अवगत गराएका थिए ।

मन्त्री यादवले केन्द्रले सामना गरिरहेका समस्या समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए ।

उनले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकता पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

salt training

कमेन्ट गर्नुहोस्