२९ जेठ २०८३, शुक्रबार

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

जेठ २८, २०८१
काठमाडौं
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (सोमबार) विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी छ । 

सर्वोच्च अदालतको फैसलासँगै ठूलो दलको हैसियतमा पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सदस्यीय गण्डकीमा कांग्रेसको २७ सिट छ ।

गण्डकीमा एमालेका २२, राप्रपाका २, माओवादी केन्द्रका ८ (सभामुखसहित) र १ स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

salt training

कमेन्ट गर्नुहोस्