३१ असार २०८३, बुधबार
टी-ट्वान्टी क्रिकेट

सन्दीपले विश्वकप खेल्ने

जेठ २८, २०८१
काठमाडौं
सन्दीपले विश्वकप खेल्ने
फाइल तस्वीर

नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीप टी-२० विश्वकपका लागि वेस्ट इन्डिज जाने जानकारी दिएको हो । 

उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको क्यानले जनाएको छ । 

लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर, उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

null

salt training

कमेन्ट गर्नुहोस्